बिहीबार, वैशाख १३, २०८१

कान्छा अभियन्ता खनाल ‘युथ आइकन २०२०’ बाट सम्मानित

नेपालखोज २०७७ असोज १६ गते २१:२५

काठमाडौं । सुदूरपश्चिमका युवा समाजसेवी तथा कान्छा अभियन्ता भनेर परिचित केपी खनाल भारतको नयाँ दिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् ।

खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको अवसरमा सो सम्मान गरेको हो । सानै उमेरदेखि पत्रकारिता क्षेत्रसंगसंगै गाउँघरमा समाजसेवा गर्दै उदाएका खनाल आज गान्धी जयन्तीको अवसरमा आयोजित कार्यक्रमबाट सम्मानित भएका हुन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाका स्थायी वासिन्दा खनाल भूकम्प पीडित होस या बाढी पहिरो पीडित हरेक समस्यामा परेका पीडितको सहायताका लागि सदैव तत्पर देखिन्छन् ।  उनले कोरोना संक्रमण फैलिएको विषम परिस्थितिमा भोकै बस्न बाध्ये थुप्रै गरिबको पेट भर्न मद्दत गरेका छन् । जहाँ समस्या हुन्छ त्यहाँ खनाल हुन्छन् ।

सम्मान ग्रहण गर्दै खनालले समाजसेवा र सहयोगका लागि देश नहेरेर मानवता हेर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुन पाउँदा थप हौसला जागेको बताएका छन् । आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया