थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
नेपालखोज
२०७७ असोज १७ गते ६:४०
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सम्बन्धित

प्रतिक्रिया