भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल र प्रियंकासहित २ सय जना विरुद्ध मुद्दा
एजेन्सी । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २ सय जनाविरुद्ध मुद्दा लगाइएको छ ।
भारतीय दन्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनिहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु २ सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ ।
यसअघि, संहिता उल्लंघन गरेकै आरोपमा उनिहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हाथरसतर्फ गइरहेका बेला उनिहरुलाई पक्राउ गरिएको हो ।
बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो । गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कार पछि हत्या गरिएकी ती बालिकाको घर रहेको हाथरसतर्फ गइरहेका बेला उनिहरुको सवारी-साधनलाई प्रहरीले रोकेपछि उनिहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया