शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेश

नेपालखोज २०७७ माघ ९ गते १२:२७

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश भएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबारको इजलासमा राजपत्र पेश गरेका छन् ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।

महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए ।

बिहीबारको संवैधानिक इजलासमा राजपत्रको विषयमा कुरा उठेपछि सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको छ ।

प्रतिक्रिया