मंगलबार, वैशाख ११, २०८१

सुदूरपश्चिम प्रदेशमा आज एकैदिन तीनवटा विमानस्थलको उद्घाटन हुँदै

नेपालखोज २०७७ असोज १७ गते ८:२७

डोटी । सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो ।

यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिए । कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

बैतडीको पाटनको उद्घाटनपछि बझाङको चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले जानकारी दिए ।

तीन वटा विमानस्थल उद्घाटनसँगै सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् । कैलालीको धनगढी विमानस्थलबाट साना जहाजले पहाडी जिल्लामा नियमित उडान गर्ने गरी तयारी भइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया