बिहीबार, चैत १५, २०८०

यस्तो अचम्मको रुख जहाँबाट ३६५ दिनै आउँछ पानी

नेपालखोज २०७७ असोज १७ गते ९:५५

एजेन्सी । हामीले बेला बखत प्रकृति सम्बन्धि अचम्मका कुराहरु सुन्दै अनि देख्दै पनि आएका छौं । साँचिक्कै प्रकृतिको लिला अपरम्पार छ । कतै मानिस पानी नपाएर घण्टौं समय लगाएर एक गाग्री पानी भर्छन् भने कतै रुखबाट मात्रै पनि वर्षभरी पानी आउँछ ।

वास्तवमा भारतको एक रुखले विज्ञानलाई चुनौती दिएको छ । यो रुखलाई हेर्ने मानिसको लर्को लागेको छ । हरियाणाको नुहे जिल्लाबाट ३ किलोमिटर टाढा एक अरावली पर्वतमालाको जरामा एक मन्दिर छ । मन्दिरसँगै एक रुख छ जसबाट लगातार रुपमा पानी आउँछ ।

त्यहाँका मानिसहरुले त्यहाँको चमत्कारिक पानी पिउँदा सबै रोग हट्ने बताउँदै आएका छन् । कन्दबको यो रुख अरावली पहाडबाट १०० मीटर उचाईमा अवस्थित छ । यो रुखबाट वर्षदिन नै पानी आउछ । तर रुखबाट पानी आउने कारण आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिकहरुले शोध गरेपनि कारण हालसम्म पत्ता लगाउन सकेका छैनन् ।

उक्त रुखलाई दर्शालुहरुले आस्थाको केन्द्र मान्दै कसैको दिव्य शक्तिको वास भएको भन्दै आस्था बढाएका छन् । यस मन्दिरलाई मानिसहरुले नल्हडेश्वर नामले चिन्ने गर्छन् । टाढा टाढाबाट मानिसहरु आएर रुखको पानी आफ्नो घरमा लैजाने गर्छन् । उनीहरुले उक्त चमत्कारीक पानीले चर्म रोग ठिक विश्वास गर्छन् ।

प्रतिक्रिया