आजका लागि तय नेकपा सचिवालय बैठक स्थगित

नेपालखोज २०७७ असोज १७ गते ११:४६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज अपरान्ह बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले भोली अपरान्ह ४ बैठक बस्ने जानकारी दिनुभएको एक नेताले बताएका छन् । बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा सचिवालय बैठक माग भएको थियो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

प्रतिक्रिया