बूढानीलकण्ठका मेयरलाई कोरोना
नेपालखोज
२०७७ असोज १७ गते १९:२५
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएका खरेलले पनि परीक्षण गराएको नगरपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाकाअनुसार उनमा लक्षणसमेत देखिएको छैन् । मेयर खरेल अहिले होम आइसोलेसनमा सकेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया