अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ असोज १७ गते १९:५९

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका २९ बस्ने ४० वर्षीय रामबाबु महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०७३ माघ १३ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया