शुक्रबार, असार २०, २०८२

मोरङमा ४४ प्रतिशत मुद्दा फछ्र्योट

नेपालखोज २०७७ असोज १८ गते १२:३९

मोरङ । बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव ६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ८ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५।६६ देखि जिम्मेवारी सरी आएका २ हजार ३३ मुद्दा गरी ५ हजार ४१ मुद्दामध्ये अदालतले २ हजार ३५१ मुद्दा फछर्योट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

फछ्र्योट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव ३ प्रतिशत र नयाँ दर्ता ३ हजार ८ मध्ये एक हजार ५०० मुद्दा फछ्र्योट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछ्र्योट भई ७४ं दशमलव ८ प्रतिशत फछ्र्योट भएको जनाइएको छ ।

गत आवमा फछ्र्योट भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व ,अंशबण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् । करार तथा अन्य दायित्व, भूमि र विविध देवानी पनि छन् ।

यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भङ्ग आदिसम्बन्धी फछ्र्योट भएका छन् । रासस

प्रतिक्रिया