मंगलबार, वैशाख १६, २०८२

आइतबार एक घण्टामा ६९ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक १०.७४ अंक माथि उक्लियो

नेपालखोज २०७७ असोज १८ गते १२:२७

काठमाडौं । आइतबार एक घण्टाको अवधिमा शेयर बजारमा ६९ करोड ३ लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यो अवधिमा १७४ कम्पनीको उक्त रकम बराबरको २३ लाख ९४ हजार ६०४ कित्ता शेयर कारोबार भएको हो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार शिवम् सिमेण्ट्स लिमिटेडका भएको छ । एक घण्टामा सिवम् सिमेण्ट्सको ८ करोड ४१ लाख २ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यो अवधिसम्म कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढेको छ ।

आइतबार एक घण्टामा नेप्से परिसूचक १० दशमलव ७४ अंक माथी उक्लिएर १ हजार ५८१ दशमलव ७८ विन्दुमा पुगेको छ । त्यस्तै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ८२ अंक बढेर ३११ दशमलव ९७ विन्दुमा पुगेको छ ।

एक घण्टामा घलेम्दी हाइड्रो र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । एक घण्टाको कारोबारमा जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ६ प्रतिशतले घटेको छ । जलविद्युत समूहसँगै एक घण्टाको कारोबारमा वित्तको शून्य दशमलव १७ प्रतिशत र म्यचुअल फण्डको १ दशमलव शून्य ३ प्रतिशतले परिसूचक घटेको छ । आइतबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २ दशमलव ८१ प्रतिशत बढेको छ ।

प्रतिक्रिया