शनिबार, असार २१, २०८२

सामुहिक करणी गरेको अभियोगमा भक्तपुरबाट ३ जना पक्राउ

नेपालखोज २०७७ असोज १८ गते १४:०९

भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निर कुमार खड्का समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका ८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न रही फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहा :

सिरहामा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षीय मुकेश कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई असोज १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ :

यसैगरी, मोरङमा पनि ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया