आइतबार, जेठ ६, २०८१

एसियन सिनियर सेन्ट्रल जोन : नेपाल र किर्गिस्तान भिड्दै

नेपालखोज २०७८ पुष १२ गते ७:१०

काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोलीले आज किर्गिस्तानको सामना गर्नेछ ।

नेपालले आफ्नो अन्तिम लिग खेलको रुपमा ढाकामा किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल ११:१४ बजे सुरु हुनेछ । नेपाल आज लगातार पाँचौ जित निकाल्न चाहन्छ । नेपाल फाइनल समेत पुगिसकेको छ ।

आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया