कोरोना अपडेट : २४ घण्टामा थप १३ सय २९ जना डिस्चार्ज

नेपालखोज २०७७ असोज १८ गते १९:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय २९ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप १३ सय २९ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ६४ हजार ६९ जना पुगेको जानकारी दिए । हालसम्म नेपालमा डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । २४ घन्टामा १२ हजार ७८४ नमुना पीसीआर परीक्षण गर्दा थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ ।
हाल देशभर २२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन् ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

प्रतिक्रिया