हेटौंडामा १० किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ
नेपालखोज
२०७७ असोज १९ गते १४:२२
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ३ लेवर्टबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका १९ बस्तीपुर बस्ने ४६ वर्षीय बिरु तामाङ्, कैलाश गाउँपालिका घर भएका ४० वर्षीया सृजना तामाङ र सोही ठाउँ घर भएका २४ वर्षीय प्रकाश तामाङ् रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.१ ज ००१२ नम्बरको म्याजिक गाडीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धना गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया