राजधानी सार्ने विषयमा प्रदेश सभाको वैठक कांग्रेसद्धारा अवरुद्ध, वैठक स्थगित

नेपालखोज २०७७ असोज १९ गते १४:४८

बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्तावका विरद्ध नेपाली कांग्रेले विरोध जनाएपछि आजको प्रदेश सभाको वैठक स्थगित नै भएको छ । नेपाली कांग्रेसले प्रदेश राजधानी सार्ने विषयको चर्को विरोध गर्दै प्रदेश सभा वैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो? ,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको उनको आरोप छ।
उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया