सुनको मूल्यमा सामान्य गिरावट
नेपालखोज
२०७७ असोज १९ गते १५:५०
काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो ।
यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया