शुक्रबार, पुष ४, २०८२

सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा रुपन्देहीकी महिला पक्राउ

नेपालखोज २०७७ असोज २० गते १५:०१

काठमाडौं । सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका ११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुुकमा बिभिन्न नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया