बिहीबार, जेठ ३, २०८१

एन आई सी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा अर्को निःशुल्क योजना सार्वजनिक

नेपालखोज २०७७ असोज २० गते १७:०५

काठमाडौं । एन आई सी एशिया बैंकले चाडपर्वलाई लक्षित गरेर निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । उक्त योजना अनुसार बैंकले आफ्नो एन आई सी एशिया रेमिटमार्फत देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउँन सक्नेछन् ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिने जनाएको छ । २०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकको दाबी रहेको छ ।

 

 

 

प्रतिक्रिया