आइतबार, जेठ ६, २०८१

अल सबाबको आक्रमणमा एघार सैनिक मारिए

नेपालखोज २०७९ माघ ३ गते १९:०३

काठमाडाैँ । सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज भएको आक्रमणमा ती सैनिक मारिएको दाबी अलसबाबका एक जना कमाण्डरले एएफपीलाई बताए ।

सरकारी फौजका सहयोगी स्थानीय लडाकुका एक जना कममाण्डरका अनुसार शिविरमा भएको दोहोरो झडमा दर्जनौ आतङ्कारीको पनि मृत्यु भएको छ । विष्फोटक पदार्थले लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको उनले बताए । आतङ्वादीलाई आक्रमणस्थलबाट भगाइएको तथा उक्त क्षेत्र सेनाको पूर्ण नियन्त्रणमा रहेको जानकारी पनि उनले दिएका छन् ।

अलकायदासँग आबद्ध आतङ्कारी समूह अलसबाबले आक्रमाणको जिम्मेवारी लिएको छ । एक दशकभन्दा लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको रणनीतिक तटीय शहरमा सेनाले आफ्नो कब्जा जमाएको दोस्रो दिन सैन्य शिविरमा उक्त हमला भएको हो ।

प्रतिक्रिया