हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ असोज २० गते १७:५८

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएपछि सोमबार आचार्य दम्पतीले पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । उनीहरूको रिपोर्ट मंगलबार आएपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

हाल उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आचार्यले फेसबुकमार्फत् दिएका छन् । उनीहरूको सम्पर्कमा पुगेका सबैलाई सचेत रहन आचार्यले आग्रह गरेका छन्। कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया