आज देशका यी स्थानमा वर्षा हुने

नेपालखोज २०७७ असोज २१ गते ७:३९

काठमाडौं । जल तथा मौसम पूूर्वानुमान महाशाखाकाअनुसार आज देशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई स्थानमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अन्य स्थानमा मौसम खुल्दै गएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

त्यस्तै अन्य प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ । राति प्रदेश १ का एक दुई स्थानमा हल्का वषा र अन्य प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया