शुक्रबार, पुष ४, २०८२

विभिन्न जिल्लाका युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

नेपालखोज २०७७ असोज २१ गते १५:२४

काठमाडौं । धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाधाम नगरपालिका ७ किसानपुर बस्ने २० वर्षीय जिवछलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिवछले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरमा पनि १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ डाडाँजाई बस्ने २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरीमा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका १६ डेरा गरी बस्ने ४२ वर्षीय विकास मण्डललाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया