२४ घण्टामा ३४३९ जना कोरोना संक्रमित भेटिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
नेपालखोज
२०७७ असोज २१ गते १६:४१
काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रिय संक्रमितकाे संख्या २५ हजार ७ पुगेकाे छ ।
यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया