बिहीबार, वैशाख १३, २०८१

रुख सम्बन्धी केही अचम्मका तथ्यहरु

नेपालखोज २०७७ असोज २२ गते ५:३६

एजेन्सी । हाम्रो वातावरण र जीवनमा रुखको विशेष स्थान छ । रुखविना हामी स्वस्थ रहन सक्दैनौं । त्यसैले सबैजनाले घरमा एउटा भएपनि रुख लगाउनुपर्छ । रुखले हामीलाई प्राणवायु अक्सिजन दिन्छन् । रुखसम्बन्धी केही आश्चर्यजनक तथ्यहरू भेटिन्छन् जसका बारेमा हामी यहाँ चर्चा गर्नेछौं ।

रुख यस धर्तीका सबभन्दा पुराना प्राणी हुन् र रुख बूढो भएर मर्ने कहिलेपनि हुँदैन (मान्छेले वा हावाहुरीले ढालेर मात्र रुख मर्ने हो) ।
धर्तीमा मनुष्यको विकास भएदेखि अहिलेसम्म करीब तीन लाख करोड जति रुख काटिसकिएका छन् । यो हिसाबमा हेर्दा हरेक दुई सेकेन्डमा एउटा फूटबल मैदानबराबरको जंगल फँडानी भइरहेको छ ।

प्रतिवर्ष जुन तीव्रताका साथ रुख रोपिन्छ, त्यसभन्दा दुईगुणा बढी तीव्रताका साथ काटिन्छ । प्रतिवर्ष १० अर्ब रुख काटिन्छन् संसारभरि । एउटा रुखले एक वर्षमा लगभग २१.७ किलो कार्बनडाइअक्साइड ग्रहण गर्छ अनि दिनमा चारजना व्यक्तिले जीवन पाउने अक्सिजन निकाल्छ ।

धर्तीमा विद्यमान रुखको संख्या ताराभन्दा बढी अनि मानव दिमागको कोशिकाभन्दा बढी छ । धर्तीमा करीब ३० देखि ४० खर्ब रुख छन् तर तिनको तीव्र गतिमा विनाश भइरहेको छ । संसारका देशमा सबभन्दा बढी रुख रुसमा छ । रुसमा करीब ६४१ अर्ब रुख छन् भने क्यानाडामा ३१८ अर्ब, ब्राजिलमा ३१८ अर्ब, ब्राजिलमा ३०१ अर्ब, अमेरिकामा २२८ अर्ब रुख छन् ।

संसारभरिमा एक व्यक्तिका लागि ४२२ वटा रुख मात्र बचेका छन् । रुख लगातार एउटा पंक्तिमा हुँदा धूलोहिलोको स्तर ७५ प्रतिशतसम्म कम गरिदिन्छन् अनि ध्वनिप्रदूषणलाई पनि ५० प्रतिशतले कम गरिदिन्छन् ।

एउटा रुखले १० वटा कोठामा २० घन्टासम्म चल्ने एसीबाट निस्कनेजति चिसो निकाल्छ । रुखहरू भएको ठाउँको तापक्रम अन्य स्थानभन्दा नौ डिग्री बढी चिसो हुन्छ । रुखले जम्मा १० प्रतिशत खुराक माटोबाट लिन्छन् भने ९० प्रतिशत हावाबाट । एउटा रुखले एक वर्षमा धर्तीबाट लगभग दुई हजार लिटर पानी सोस्छन् ।

संसारको २० प्रतिशत अक्सिजन अमेजनको जंगलले उत्पन्न गर्छन् । यी जंगलहरू आठ करोड १५ लाख एकड क्षेत्रमा फैलिएका छन् । मान्छेजस्तै रुखलाई पनि क्यान्सर लाग्छ र यसो हुँदा उनीहरू कम अक्सिजन दिन थाल्छन् ।

प्रतिक्रिया