राजदूत नियुक्ति विवाद र मन्त्रीमण्डल परिवर्तन गर्ने विषयमा बालुवाटार पुगे दाहाल, सुध्रिएला सम्वन्ध !
काठमाडौं । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी ढंगले राजदूत नियुक्ति गरेपछि नेकपा अध्यक्षद्वय ओली र दाहाल वीच चिसिएको सम्वन्ध कहिले सुध्रिने हो यसै भन्न सक्ने अवस्था छैन ।
ओलीले पाटी भित्र छलफल नै गनरी एकलौटी ढंगले राजदूत नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल चिढिएका थिए । राजदूत नियुक्ति भएसँगै ओली र दाहालवीच भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि दुई अध्यक्ष वीचका सम्वन्धमा चिसोपन आएको थियो ।
तर, राजदूत नियुक्तिको विवाद सेलाउन नपाउँदै वर्तमान मन्त्रीमण्डलमा रहेको मन्त्रीहरु परिवर्तन गर्ने विषयमा पनि ओलीले एकलौटी निर्णय गर्न सक्ने संकेत देखिएपछि दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा अहिले दुई अध्यक्ष वीच छलफल जारी छ । यो छलफलले मन्त्री परिवर्तनका केही नाममा सहमत भएपनि राजदूत नियुक्तिको विषयमा भने दाहाल सहमत हुने देखिँदैन ।
यद्यपी यसै साता भित्र केही मन्त्री परिवर्तन गर्न सक्ने गरी ओली सक्रिय रहेका पूर्व माओवादी निकट नेताहरुलाई पाखा लगाउने डरले दाहाल बालुवाटार पुगेको श्रोतले बताएको छ ।
ओलीले विशेष निर्णय एकलौटी ढंगले गर्न थालेपछि पूर्व माओवादीमात्र होइन पूर्व एमालेका नेताहरु समेत रुष्ट छन् । यो परिवेशमा ओली र दाहालको सम्वन्ध सुध्रिने लक्षण भने देखिएको छैन ।
हुन सक्छ पद हासिल हुने गरी आफू निकट व्यक्तिलाई ओलीले साथ दिए पनि प्रचण्ड पनि फुरुङ्ग हुने अवस्था पनि उत्तिकै छ । सानातिना कुरामा रमाउने दाहाल ओलीको जाल भित्र भने फसिसकेको पूर्व माओवादी नेताहरु बताउँछन ।

प्रतिक्रिया