मंगलबार, कार्तिक २७, २०८१

तेस्रो घण्टमा नेप्से ७.३७ अंक घट्यो, कारोबार रकम भने २ अर्बभन्दा माथी

नेपालखोज २०७७ असोज २२ गते १४:२१

काठमाडौं । बिहीबार १ बजेर २० मिनेटसम्म बढेको बजार त्यसपछि भने घट्न थालेको छ । यो दिन २ बजेसम्मको कारोबारमा परिसूचक ७ दशमलव ३७ अंक घटेर १ हजार ५९३ दशमलव ६० विन्दुमा झरेको छ । बुधवार १ हजार ६०० विन्दुमाथी उक्लिएर बन्द भएको बजारले बिहीवार कारोबार खुला भएको ११ मिनेटमै १ हजार ६१४ दशमलव शून्य ५ विन्दु कायम गरेको थियो । साताको अन्तिम दिनको कारोबार भएकाले पनि लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागेको देखिन्छ । तेस्रो घण्टामा कारोबार रकम भने २ अर्ब १ करोड ५४ लाख २६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिमा वित्त समूहको परिसूचक ४ दशमलव १३ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । बिहीबार जलविद्युत समूहको २ दशमलव ७७ प्रतिशत र होटल समूहको परिसूचक यो अवधिसम्म १ दशमलव ७८ प्रतिशतले घटेको छ । बुधवार सर्वाधिक कमाएका जलविद्युत कम्पनीहरुले बिहीबार तेस्रो घण्टासम्मको कारोबारमा सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया