बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी रिमाल पक्राउ
नेपालखोज
२०७७ असोज २२ गते १७:३५
काठमाडौं । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी बिजयचन्द्र रिमाल पक्राउ परेकाछन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहिबार बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत पाटनबाट पाँच दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका ललितपुर महालक्ष्मी न.पा. ८ लुभु बस्ने वर्ष ३५ बषिर्या रिमाललाई पक्राउ गरिएको हो ।
प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ललितपुरको महालक्ष्मी न.पा. ८ लुभुमा लुकेर बसेको अवस्थामा उनलाई प्रकाउ गरिएको हो । पक्राउ परेका रिमाललाई कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया