कोरोना अपडेट : आज सबैभन्दा बढी ४३६४ जनामा संक्रमण, २६७५ जना डिस्चार्ज

नेपालखोज २०७७ असोज २२ गते १९:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

त्यस्तै २ जिल्लामा कोरोना संक्रमण शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमण शून्य हुने जिल्लाहरुमा मनाङ र मुस्ताङ रहेका छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।

त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया