बिहीबार, कार्तिक २२, २०८१

कोरोना कहर : विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४९ हजार नाघ्यो

नेपालखोज २०७७ असोज २३ गते ७:१५

एजेन्सी । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख ४९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४९ हजार ८१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५१४ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

त्यस्तैभारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म भारतमा कोरोनाका कारण १ लाख ५ हजार ५२६ को मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९७१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ५२४ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३५ हजार ६५५ पुगेको छ ।

प्रतिक्रिया