माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार ठगी गर्ने पक्राउ
नेपालखोज
२०७७ असोज २३ गते ८:१०
काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको जनायो।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया