बिहीबार, वैशाख १३, २०८१

आफ्ना साथीलाई छाडा बोल्न सिकाउने सुगा

नेपालखोज २०७७ असोज २३ गते १०:४९

एजेन्सी । आफ्ना साथीलाई छाडा अथवा फोहोर शब्द बोल्न सिकाउने सुगालाई चिडियाघरको सार्वजानिक प्रर्दशनबाट हटाइएको छ । वेलायतको एउटा चिडियाघरमा धेरै सुगालाई एउटै कोठामा राखिएको थियो । ती मध्य ५ सुगाले आफूले जानेको फोहोर शब्द अरु सुगालाई सिकाएका हुन ।

लिन्कोनसायर बन्यजन्तु निकुन्जले रिक , जेड , एलिस , टाइसन र बिल्ली नामका खरानी रंगका अफ्रकी सुगा सो चिडियाखानालाई उपहार स्वरुप दिएको थियो । तिनीहरुलाई प्रदर्शनका लागि राखिएको केहि समय पछि नै चिडियाघरका कर्मचारीहरुले ती सुगाले छाडा बोल्न सिकाउने गरेको थाहा पाएका थिए ।

चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफुहरु तिनीहरूको कारण विशेष गरी चिडियाघरमा घुम्न आउने बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन् । बानी सुधारेको खण्डमा पुन प्रदर्शनमा राख्नका लागि अहिले तिनीहरुलाई एक्ला एक्लै राखिएको बताइएको छ ।

प्रतिक्रिया