चरीलाई गोली हान्ने गुण्डा नाइके राधे पक्राउ
नेपालखोज
२०७७ असोज २३ गते १२:५४
काठमाडौँ । प्रहरीले गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’लाई पक्राउ गरेको छ ।
धादिङ सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।
प्रहरीको अनुसार गाउँपालिकामा अवैध रुपमा सञ्चालन गरेको राधेको क्रसर जनप्रतिनिधिले बन्द गराउन खोजेपछि उनीहरुबीच विवाद भएको थियो ।
गुण्डा नाइके राधे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । यसअघि उनीमाथि धादिङकै आयुष तामाङमाथि खुकुरी प्रहार र धादिङकै दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेको अभियोग छ ।
सम्बन्धित

प्रतिक्रिया