शुक्रबार, वैशाख ७, २०८१

अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद कात्तिक १४ बाट बिक्री

नेपालखोज २०७७ असोज २३ गते १२:५८

काठमाडौं । अपि पावरले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त कम्पनीको एक सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद हुनेछ ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी एक अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी एक अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।

उक्त हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइनेछ । यो हकप्रदका लागि अपि पावरले यसअघि नै बुक क्लोज गरिसकेको छ । २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

प्रतिक्रिया