नेप्से १९६९ अंकमा : सातामा ८ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच

काठमाडाैँ । यो साता नेप्से १९ सय ६९ दशमलव शुन्य दुई अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ५६ अंकमा सिमित भएको छ ।
यो साता दुुई सय ६२ वटा कम्पनीहरुको एक लाख ७१ हजार पाँच सय आठ पटकको कारोबारमा दुई करोड २९ लाख ६९ हजार आठ सय ९४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम आठ अर्ब ४३ करोड १३ लाख ७१ हजार ७७ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने नेप्सेमा दुुई सय ६० वटा कम्पनीहरुको एक लाख २६ हजार पाँच सय १६ पटकको कारोबारमा एक करोड ७१ लाख ९७ हजार दुई सय ५४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम छ अर्ब २७ करोड ३६ लाख १९ हजार तीन सय २७ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा पहिलो दिन बाहेकका बाँकी दिनहरुमा नेप्से लगातार घटेको थियो ।
पहिलो दिन चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन २६ दशमलव ४७ अंकले घटेर १९ सय ६९ दशमलव शुन्य दुई अंकमा खुम्चिन पुगेको थियो । यी बाहेकका दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन शुन्य दशमलव ५१ अंकले घटेर तीन सय ८३ दशमलव ८५ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि चार दशमलव ८१ अंकले घटेर तीन सय ७३ दशमलव ५६ अंकमा खुम्चिएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स घटेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, जीवन बिकास लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्ट आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया