शुक्रबार, पुष ४, २०८२

अवैध लागूऔषध सहित २ जना पक्राउ

नेपालखोज २०७७ असोज २३ गते १३:३१

दाङ । गढवा गाउँपालिका-१ धानखोलास्थित सडकबाट ४ ग्राम ३ सय ८० मिलिग्राम अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र सोही ठाउँ बस्ने २३ वर्षीय रमेश सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा।१ प ४०५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनार र मोटरसाइकल सवार रोकालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया