शुक्रबार, पुष ४, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिकाका विराज ज्ञवाली पक्राउ

नेपालखोज २०७७ असोज २३ गते १३:४८

काठमाडौं । पाल्पा स्थित १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनुषा:
१४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका-६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया