आज काठमाडौं उपत्यकामा १४ सय ९ जना कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ असोज २३ गते १६:४२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा शुक्रबार थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र काठमाडौं उपत्यकामा १४ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्  ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

यससँगै कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

प्रतिक्रिया