बिहीबार, वैशाख ६, २०८१

प्रभु हेलिकप्टरको H125 भोलीबाट सञ्चालनमा आउँदै

नेपालखोज २०७७ असोज २३ गते १९:१०

काठमाडौं । प्रभु हेलिकप्टर प्रा.लिले भोली शनिबारबाट एअर बस As350B3e हेलिकप्टर  सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार नेपाल नागरिक उड्यन प्राधिकरणबाट  एअर अपरेटर सर्टिफिकेट (ए.ओ.सि.) प्राप्त गरेपछि शनिबारबाट नै उडानको तयारी गरेको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेल कुमार राज लवटले बताए । प्रभु हेलिकप्टर फ्रान्स कम्पनीको रहेको समेत उनले बताए ।

भोलीबाट सञ्चालनका आउन लागेको सो हेलिकप्टर नयाँ मोडेलको हेलिकप्टर रहेको छ । सो हेलिकप्टर २३ हजार फिट उचाइसम्म सुरक्षित उडान हुने उनले जानकारी दिएका छन् । यसमा ६ जनाको क्षमता रहेको छ, जसमध्ये ५ जना यात्री र एक जना पाइलट बस्न मिल्ने छ ।
सो हेलिकप्टर चैत्र ११ गते काठमाडौं विमानस्थलमा अवतरण गरेको भएता पनि कोभिड १९ का कारण भएको लकडाउनले गर्दा उडान प्रक्रिया रोकिएको थियो । मर्मत उडान, प्रदर्शन उडान पश्चात मात्र व्यवसायिक उडानका लागि प्राधिकरणले शुक्रबार अनुमति दिएको हो ।

२०१५ मा एउटा हेलिकप्टरबाट सुरुवात भएको प्रभु हेलिकप्टरले २०१८ सम्मपुग्दा ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याएको थियो भने अहिले हेलि एअरबस थपे पश्चात ६ वटा पुगेको छ । कम्पनीसँग रबिनसन R-66 चार वटा हेलिकप्टर १४ हजार फिटकाे उचाइमा  र R-44 एउटा हेलिकप्टर १० हजार मुनि सम्मको उचाइमा मात्र उडान गर्न सकिन्छ ।

प्रभु हेलिकप्टरले निश्चित सेड्युलमा नभएर ग्राहकको बुकिङको आधारमा उडान भर्ने गर्छ । यस हेलिकप्टरले राउन्ड हेलि टुरमा पोखराको साइड सिन हेर्न मिल्ने प्याकेज रहेको छ भने धार्मिक टुरमा हलेसी, गोसाइकुण्ड, पाथिभरा, कालिन्चोक, मुक्तिनाथ मन्दिर आदिको टुरको व्यवस्था गरेकाे कम्पनीले जनाएकाे छ ।

गोसाइकुण्डको प्रतिव्यक्ति टिकट मूल्य १८ हजार ९ सय ९९ तोकिएको प्रवक्ता नोवेल कुमार राज लवटले जानकारी दिएका छन् । साथै, एडभेन्चर टुरमा एबिसी क्याम्प, मार्दि क्याम्प, लाङटाङ क्याम्प आदिको प्याकेज रहेको छ । एभरेष्ट टुरको प्याकेज पनि रहेको उनले बताए । नयाँ हेलिकप्टर एभरेष्ट बेस क्याम्पसम्म उडान गर्ने प्रक्रियामा रहेको लवटले जानकारी दिएका छन् । पहिला स्याङबाेचेसम्म मात्र उडान भएको थियो भने अब नयाँ हेलिकप्टर २३ हजार फिटसम्मको उडान गर्ने भएकोले एभरेष्ट बेस क्याम्पसम्म उडान हुने भएको छ । उनले नेपालखोजसँग भने, रोटर विङ भएको हुनाले हाम्रो सेड्युल भनेको हुँदैन जति बेला बुकिङ हुन्छ त्यति बेला उड्छौं ।

प्रभु हेलिकप्टरले मेडिकल उद्धार गर्नका लागि पनि सुविधा दिनेछ । यसलाई हेली एम्बुलेन्सको रुपमा पनि मानिएको लवट बताउँछन् ।

प्रतिक्रिया