शुक्रबार, वैशाख १४, २०८१

आज शनिबार भगवान शनिदेवको पुजा आराधना गर्नुहोस् ग्रहदाेष हटेर जानेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असोज २४ गते ५:००

आज शनिबार, आजको दिन भगवान शनिदेवको पुजा गर्नु उत्तम मानिन्छ । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले आजको दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले विशेषगरि कालो रङको वस्त्र लगाउनु अनिवार्य हुन्छ । भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ । यसो गर्दा ग्रहमा भएको शनिदोष हटेर जान्छ भन्ने धार्मिक विश्वास छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योगमा जुट्ने समय छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । राजनीति वा कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता छाउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइकालागि दौडधूप गर्नु पर्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । महिला वा मित्र बाट विशेष सहयोगको आश राख्न सकिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया