आईपिएल २०२० : चेन्नईलाई बैंगलोरको १७० रनको लक्ष्य
नेपालखोज
२०७७ असोज २४ गते २१:५३
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै १६९ रन बनाएको हो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा अविजित ९० रन बनाएका थिए । विराटले आफ्नो इनिंगमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसति देवदत्त पाडिकलले ३३, शिवम दुबेले २२, वाशिंटन सुन्दरले १० रन बनाएका थिए ।
चेन्नईका बलर शर्दुल ठाकुरले २ विकेट लिए भने दिपक चहर, साम कुरानले एक एक विकेट लिएका थिए । यस आइपिएलमा अहिलेसम्म बैंगलोरले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ भने चेन्नईले ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।
सम्बन्धित
प्रतिक्रिया