शुक्रबार, वैशाख २८, २०८१

फिटनेस : छिटो तौल बढाउन

नेपालखोज २०८० भदौ २८ गते ५:४१

कम तौलका कारण अनेकन शारीरिक समस्या सृजना हुन सक्छन् । यस्तो अवस्थामा छिटो तौल बढाउने केही घरेलु उपाय छन् जसलाई अपनाएर यो समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

दूध र खजुर

तौल बढाउन दूधमा खजुर मिसाएर खाने चलन निकै पुरानो हो । यी दुई सँगै सेवन गर्दा शरीरलाई प्रोटिन, भिटामिन तथा मिनरल्स प्राप्त हुन्छ जसले तौल बढाउन मद्दत गर्छ ।

दही भात

भातमा उच्च क्यालोरी र उच्च कार्बोहाइड्रेट हुन्छ भने दहीमा क्याल्सियम र फ्याटसहित धेरै पोषक तत्व पाइन्छ । यी दुबै कुरा सँगै सेवन गर्दा छिट्टै तौल बढ्न सक्छ ।

सख्खर र तरबूजा

तरबूजामा फाइबर, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, पोटासियम तथा अन्य पोषक तत्वहरू पाइन्छ । सख्खर (गुड)मा प्रचुर मात्रामा प्राकृतिक चिनी, आइरन, म्याग्नेसियम तथा पोटासियम हुन्छ । तौल बढाउन यो घरेलु उपाय पनि अपनाउन सकिन्छ ।

केरा र अलैंची

केरा र अलैंचीको सेवन चाँडो तौल बढाउन लाभदायक साबित हुन सक्छ ।

घ्यू र सख्खर

घिउ र सख्खर तौल बढाउने पुरानो घरेलु उपाय हो । यसको नियमित सेवनले केही दिनमै असर देखाउन थाल्छ ।

प्रतिक्रिया