डा. गोविन्द केसीले २८ दिनमा तोडे अनशन

नेपालखोज २०७७ असोज २५ गते १०:१७

काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्। डा. केसीलाई ४६ वर्षका विकास नेपालीले जुस पिलाएका छन्।

नेपाली केही समयअघि कोरोना संक्रमणमुक्त भएका त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी हुन्। अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने जानकारी दिइएको छ।

हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोडेका हुन्। सरकारद्वारा गठित वार्ता टोली संयोजक शिक्षासचिव गोपीनाथ मैनाली र डा। केसीबीच हिजो राति अबेर ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।

दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा। केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

प्रतिक्रिया