शुक्रबार, वैशाख ७, २०८१

सनराइज बैंकद्वारा भाटभटेनी सुपरमार्केटमा ५ प्रतिशत छुट

नेपालखोज २०७७ असोज २५ गते १४:२०

काठमाडौं । सनराइज बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा विशेष छुट पाउने भएका छन् । चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकका लागि लागि विशेष योजना ल्याएको हो । उक्त योजना असोज २५ देखि कार्तिक ११ सम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५ सय रुपैयाँसम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया