मंगलबार, कार्तिक २७, २०८१

निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने : अध्यक्ष गोल्छा

नेपालखोज २०७७ चैत १३ गते २०:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । परिषद्को पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ ।

त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, रामबहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्रप्रसाद प्रधान र रितेस लामिछाने रहेकाछन ।

परिषद्को विशेष आमन्त्रितहरूमा दिपकप्रसाद दाहाल, सारदा रिजाल, भुपेन्द्रप्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्यबहादुर मगर, दिपक पाण्डे, दूर्गाविक्रम थापा, गोकुल भण्डारी, कुमारकसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भु कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका(वंशल), सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्रप्रसाद न्यौपाने, श्यामसुन्दर ढकाल, महेन्द्रबहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणीदेव भटटराई, विष्णुबहादुर कार्की, हरिहर फुयांल, ईन्द्र खनाल र स्वर्णा ताम्राकार रहेकाछन ।

त्यसैगरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिवप्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेशप्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित भएकाछन ।

परिषदको पहिलो विस्तारित बैठकमा महासंघका अध्यक्ष शेखर गोल्छाले परिषद्मा विभिन्न जिम्मेवारीमा मनोनित भएकाहरुलाई महासंघको तर्फबाट पत्र हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष गोल्छाले वस्तुगत संघहरू महासंघको “ब्रेन” को रुपमा रहेको बताए । महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उनले बताए ।

महासंघको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी गराए । निजी क्षेत्रले सधै सतही सुझाव मात्र दिन्छन भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनले बताए ।

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नवनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दावी गरे । महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थीम नै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” रहेकाले सिंगो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत संघहरूका समस्या समाधानमा परिषद्लाई सफलता मिल्दै जाओस भने ।

प्रतिक्रिया