आफ्नै श्रीमतीको हत्याको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ असोज २५ गते १५:३१
झापा । आफ्नै श्रीमती २४ वर्षीया रिता थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादको कारण रामजीले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया