बुधबार, वैशाख १२, २०८१

नेपालका लागि भारतीय राजदूत विनयमोहन सेल्फ आइसोलेसनमा

नेपालखोज २०७७ असोज २५ गते १५:४५

काठमाडौं । पछिल्लो समयका शीर्षस्थ व्यक्तिहरुलाई कोरोना संक्रमण देखिन थालेपछि कोरोना संक्रमण भएका व्यक्तिको सम्पर्कका रहेका उच्च पदस्थ पदाधिकारीहरु आइसोलेसनमा बस्न थालेका छन ।

गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई भेटेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्रा शनिवबार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेका छन् ।

उनी भट्टराईको सम्पर्कमा आएका कारण संक्रमणको जोखिम हुन सक्ने भन्दै सेल्फ आइसोलेसनमा बसेका हुन् । उनको केही दिनमा पीसीआर परीक्षण गर्ने तयारी समेत भएको छ ।

प्रतिक्रिया