केसीसँग भएको सहमति कार्यान्वयन गर्न काँग्रेसको आग्रह
काठमाडौं । पटक पटक अनसन वस्दै र सरकारसँग सहमति गर्दै आईरहेका डा गोविन्द केसीसँग पुन सरकारले अर्को सहमति गरेको छ । विगतमा पनि केसीको माग सम्वोधन गर्ने भन्दै गरिएका सहमति सरकारले कार्यान्वयन गर्ने चासो दिएको थिएन । आफ्नो माग सुनुवाई नभएपछि केसीले पुन अनसन बसेका थिए ।
हिजो राती सरकार र केसी पक्षवीच भएको आठ बुँदे सहमतिको स्वागत गर्दै त्यसालई कार्यान्वयन गर्न नेपाली काग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत शनिवार राती केसी समूहसँग भएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएको छ ।
प्रवक्ता शर्माले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया