शुक्रबार, चैत १६, २०८०

डाट्सनद्वारा अल न्यू रेडी गो गाडी नेपाली बजारमा प्रस्तुत

नेपालखोज २०७७ असोज २५ गते १६:२३

काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडि गो नेपाली बजारमा प्रस्तुत गरेको छ । यो नयाँ रेडि गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेका छन् । यसले वास्तवमै बोल्ड एवं नवीनस्तरमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।
निशान ईन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोकका अनुसार “नयाँ डाट्सन रेडी गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ । यो जापानिज प्रविधिद्वरा निर्माण गरिएको छ, यसमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु विद्यमान् रहेका छन् । यसमा भएका सुविधा एवं विशेषताहरुले आजका युवा वर्गका अधिकांश आवश्यकताहरुलाई सहजै पूरा गर्नेछन् । हामीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोविलिटीलाई बढाउँदै गइरहेका छौं” उनले भने ।

सर्वोत्कृष्ट सुविधा एवं स्वामित्व
हेचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले (सेडानको जत्तिकै सुविधा) उत्कृष्ट सुविधा प्रदान गर्दछ । यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा उक्त गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिन्छ ।

नयाँ रेडि–गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यू क्यामरा पनि रहेको छ ।

यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसै गरी स्मार्ट ड्राइभ अटोको भेरियन्ट पनि छिट्टै उपलब्ध हुनेछ ।

नयाँ रेडि–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ । डाट्सनले १ वर्षको वा २०,००० किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ र यो प्रवर्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३०,००० किलो मिटर सम्म वारेन्टी प्राप्त हुनेछ । त्यसै गरी खरिद कर्ताले चालु आ.व. को सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्नुहुने छ ।

ड्याट्सन गाडीको परिचय 
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा विश्वको तेस्रो ठूलो ब्राण्ड निशान तथा इन्फिनिटि जस्ता गाडीहरु विक्री वितरण गर्दै आइरहेको छ । सन् २०१२ मार्च देखि डाट्सनले विस्तारित बजारमा आफ्ना विभिन्न मोडलहरु उपलब्ध गराउँदै आएको छ । ८० वर्ष भन्दा लामो इतिहास बोकेको डाट्सन गाडी जापानिज प्रविधियुक्त गाडी हो र यो निशानको एक हिस्सा पनि बनेको छ । डाट्सन गाडी भारत, इन्डोनेसिया, रसिया तथा साउथ अफ्रिका जस्ता देशहरुमा सर्वाधिक लोकप्रिय बन्दै आएको छ ।
आजका युवा पिँढीको आवश्यकतालाई मध्यनर गरी उनीहरुका आवश्यकतालाई पूरा गर्ने उद्देश्य सहित यस गाडीको निर्माण गरिएको छ । शक्तिशाली जापानिज इन्जिन जडित यस गाडीमा सेफ्टी एवं ड्राइभिङ्गको जीवन्त अनुभव प्राप्त गर्न सकिने छ । आकर्षक डिजाइन, तथा अद्वितीय विशेषतायुक्त डाट्सन गाडीका आफ्नै विशेषताहरु विद्यमान रहेका छन् । ग्राउन्ड क्लियरेन्स, सेफ्टी तथा स्टोरेज जस्ता अत्यावश्यकीय सुविधाहरु यस कारमा रहेका छन् ।

डाट्सनको इतिहास
करिव एक शतक वर्ष अगाडि १९१४ मा जापानमा स्थापना भएको थियो । ड्याटको शाब्दिक अर्थ जापानिजमा शीघ्र रुपमा चम्कनु भन्ने हुन्छ । यसको पहिलो अक्षरले तीनजना वित्तीयकर्ताहरु को थरबाट राखिएको हो । डेन, आयोमा तथा ताकेयुची को पहिलो अक्षर मिलाएर बनाइएको हो । भने यही अक्षरहरुको संयोजनमा डिउरेवल, एट्रयाक्टिभ र ट्रस्टवर्थीका ३ वटा विशेषताहरुको छोटोकरीको रुपमा पनि लिइएको छ । सन् १९३३ मा निशान गाडीका मालिक योशिशुके आइकावा ले मोबिलिटी फर अल भन्ने मान्यताका साथ आफ्नो व्यापार समाले पछि सस्तो एवं बलियो गाडिहरुको निर्माण गर्न थालियो । यस पछि ड्याट छोरोको रुपमा जापानिजहरुले ड्याट सन लाई लिने गरेको पाइन्छ । त्यस पछि यो ड्याटसनको रुपमा प्रचलित भई व्यापक रुपमा उत्पादन प्रारम्भ गरेको इतिहास रहेको छ ।

प्रतिक्रिया