शुक्रबार, असार ६, २०८२

‘कू’ विरूद्ध बोल्न आग्रह

नेपालखोज २०८० भदौ १४ गते ११:२९

ग्याबोन । तेलको धनी मध्य अफ्रिकी राज्यमा सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई ‘कू’ विरूद्ध ‘हल्ला गर्न’ आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरिएको क्लिपमा भनेका छन्, ‘मलाई र मेरो परिवारलाई पक्राउ गर्ने यहाँका मानिसहरू (सेना) विरूद्ध आवाज वुलन्द पार्न म स्वदेश र विदेशमा रहेका हाम्रा सहयोगीहरूलाई आग्रह गर्दछु ।’

ग्याबोनमा ५५ वर्षदेखि शासन गर्दै आएका ६४ वर्षीय बोन्गोलाई नजरबन्दमा राखिएको र उनका एक छोरालाई देशद्रोहको अभियोगमा पक्राउ गरिएको विद्रोही नेताहरूले बताएका छन् । भिडियोमा बोन्गो बसिरहेका तर स्पष्ट रूपमा चिन्तित देखिएका छन् ।

उनले उनको छोरा र पत्नीलाई पनि छुट्टाछुट्टै स्थानमा राखिएको बताएका छन् । उनले भने, ‘म निवासमा छु र मलाई अरू केही पनि भइरहेको छैन । बाहिर के भइरहेको छ मलाई थाहा छैन । म तपाईंहरूलाई ‘कू’ बारे हल्ला गर्न आग्रह गर्दछु ।’ एएफपीले उक्त भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने यकिन गर्न सकेको छैन ।

यसअघि बोन्गोका छोरा तथा निकट सल्लाहकार नुरेदिन बोन्गो भ्यालेन्टिन, उनका चिफ अफ स्टाफ इयान गिस्लेन नगोउलोउ, उनका सहयोगी, राष्ट्रपतिका अन्य दुई सल्लाहकार र सत्तारुढ ‘ग्याबोनिज डिमोक्र्याटिक पार्टी (पीडीजी) का दुई उच्च अधिकारीलाई पक्राउ गरिएको एक सैन्य नेताले बताएका थिए ।

उनीहरुमाथि राजद्रोह, अनियमितता, भ्रष्टाचार, राष्ट्रपतिको हस्ताक्षर मिथ्या बनाएको लगायतका आरोप लगाइएको छ । चीनले बोन्गोको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ भने पूर्व औपनिवेशिक शक्ति फ्रान्सले ग्याबोनको घटनाक्रमलाई‘’सबैभन्दा बढी ध्यानदिएर’ हेरिरहेको बताएको छ ।

प्रतिक्रिया